Screenshot_2023_0211_210844 3मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज मन भावुक र उत्ताउलो बन्नसक्छ, आफूलाई अनुशासित र संयम बनाउनु पर्छ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला ।


वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
कुनै समाचारले मनमा खुशीयाली छाउला । धार्मिक कार्य सफल रहने छन् । न्यायिक कार्यमा सफलता मिल्ने छ । दैनिक कार्यमा प्रगति हुनेछ ।

OM Sai Pathibhara Hospital


मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज आश मारेको काम बन्नसक्छ । अचल सम्पत्ति हात पर्ने योग छ । आँटेको र ताकेको कार्य पुरा हुनेछ । शुभ र नयाँ कार्यको चर्चा चल्ने छ ।


कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज स्थान परिवर्तनका विशेष योग देखिन्छन् । रोकिएको धन हात पर्न सक्छ । मनोरञ्जनमा सहभागी भइएला । साँझमा पैसा खर्च हुने योग छ।


सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
साथीभाइबाट धोका हुनसक्छ, सचेत हुनुपर्छ । आर्थिक पक्ष र शेयर बजारबाट लाभ नहुने देखिन्छ । पढाइलेखाइमा पनि समय दिन सकिँदैन ।


कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज परोपकार तथा पुण्य आर्जन गर्न संलग्न भइनेछ । रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने छन्।


तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
धार्मिक र अरुको हित हुने काममा समय व्यतीत हुनसक्छ । मिलनसार साथीको सहयोगले कार्य सिद्ध हुनेछ । पढाइ लेखाइमा प्रगति हुनेछ ।


वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । राजनैतिक कार्यमा सफलता मिल्ने छ । साहित्यिक क्षेत्रमा रुचि बढ्ने छ । सन्तान सुख पनि मिल्ने छ ।


धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
सामाजिक र पारिवारिक सम्बन्धमा चिसोपन देखिन सक्छ । मित्रहरूले वचन पूरा नगर्दा आर्थिक हैरानी नबेहोर्नु पर्ला । घरायसी समस्या बढ्ने छ ।


मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आज नयाँ कार्यको योजना बन्ने छ । बोलीको प्रभाव बढ्ने छ । स्वादिष्ट भोजन पाइनेछ । वैदेशिक कार्य र वित्तीय संस्थाबाट सफलता मिल्ने छ ।



कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
शुभ समाचार सुन्न पाइएला । परिवारजनको साथले नयाँ आशा जगाउने छ । नयाँ सवारी साधन प्राप्तिको योग छ । अरुको मन जित्न सकिने छ ।


मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
रमाइलो यात्राको योग रहेको छ । कार्य सम्पादनमा सहजता मिल्नेछ । मित्रबाट विशेष सहयोग मिल्ने छ । नयाँ र शुभकार्यको चर्चा पनि चल्ने छ ।