काठमाडौं - नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मुल्य एक लाख चार हजार रुपैयाँमा कारोबार भइरहेको छ । गत कारोबार दिन सोही मूल्यमा कारोबार भएको थियो ।

OM Sai Pathibhara Hospital

आज तेजाबी सुन तोलामा एक लाख तीन हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज चाँदी तोलामा एक हजार २९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।