काठमाडौं : नेपाली बजारमा आज सुन चाँदीको मूल्य बढेको छ।  आज सुन प्रतितोला चार सय रुपैयाँ र चाँदी ५ रुपैयाँले बढेको नेपाल सनु चाँदी व्यवसायी महासंघले जनाएको छ। आज छापावाल सुन प्रतितोला एक लाख चार हजारमा कारोबार भइरहेको छ। अघिल्लो दिन एक लाख तीन हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। यसैगरी अघिल्लो कारोबार दिनमा प्रतितोला एक लाख तीन हजार एक सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज प्रतितोला चार सय रुपैयाँले बढ्दै एक लाख तीन हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ।

OM Sai Pathibhara Hospital

पाँच रुपैयाँले बढेको चाँदीको भाउ नेपाली बजारमा आइतबार प्रतितोला एक हजार दुई सय ९५ रुपैयाँ कायम छ।