काठमाण्डाै – स्पेनिस क्लब रियल मड्रिड फिफा क्लब विश्व कप च्याम्पियन बनेको छ ।

साउदी अरेबियाको अल हिलाललाई ५–३ गोल अन्तरले हराउँदै रियल मड्रिड पाँचाैँ पटक क्लब विश्व कपको च्याम्पियन बनेको हो। मोरक्कोको रावतमा रहेको स्टेड प्रिन्स मोउले अब्दल्लाहमा गएराति रियललाई च्याम्पियन बनाउन भिनिसियस जुनियर र फेडे भाल्भेर्डेले २–२ तथा कप्तान करिम बेन्जेमाले एक गोल गरे।

OM Sai Pathibhara Hospital

अल हिलालका लुसियानो डारियो भिट्टोले दुई तथा मोउसा मारेगाले एक गोल गरे । क्लब विश्व कपको पछिल्ला १० संस्करण युरोपियन क्लबले मात्रै उपाधि जितेका छन् । उपाधि नजिक पुगेको अल हिलाल क्लब विश्व कप जित्ने पहिलो एसियाली टिम बन्नबाट चुकेको छ।

पाँच पटक फाइनल पुगेको रियल पाँचाैँ पटक च्याम्पियन बनेको हो।