झापा : नेपाल राष्ट्र बैंकले साना व्यवसायीलाई सहुलियत दिएको छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवाषिर्क समिक्षामार्फत नेपाल राष्ट्र बैंकले साना व्यवसायीलाई सहुलियत दिएको हो ।
जसअनुसार २०७९ पुस मसान्तसम्म सक्रिय कर्जामा रहेको २ करोड रुपैयाँसम्मको कर्जालाई उद्योग–व्यवसायको नगद प्रवाह तथा आम्दानी विश्लेषण गरी २०८० असार मसान्त भित्र पुनरसंरचना तथा पुनरतालिकीकरण गर्न पाउने व्यवस्था गरेको छ । 
यसबाट साना तथा मझौला उद्योग–व्यवसाय सञ्चालन गरिरहेका उद्यमीहरुलाई सहज हुने भएको छ । उनीहरुको उद्योग–व्यवसाय सञ्चालनलाई सहजीकरण गर्न बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको कर्जामा यो सुविधा दिइएको हो ।