काठमाडौं :साफ अण्डर ट्वेन्टी महिला टाली आज स्वदेश आउँदैछ।  अखिल नेपाल फुटबल संघ एन्फाले यू–२० महिला टोली शुक्रबार बिहान स्वदेश फर्कने जनाएको हो। टोली बिहान ११ः३५ मा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल आइपुग्ने जनाएको छ। 

बंगलादेशको ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा बिहीबार भएको फाइनलमा नेपाल बंगलादेशसँग ३–० गोल अन्तरले पराजित भएको थियो। फाइनलमा पराजित भएसँगै नेपाल उपविजेता बनेको थियो।