राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को see को परीक्षा तालिका सार्वजनिक गरेको छ । परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी भक्तपुरले सूचना जारी गर्दै आगामी चैत १७ गतेदेखि see को परीक्षा हुने जनाएको हो ।

राष्ट्रिय परीक्षा बोर्डको माघ ११ गते बसेको बैठकले आगामी चैत १७ गते शुक्रबारदेखि २०७९ सालको माध्यमिक शिक्षा परीक्षा see संचालन हुनेगरी तालिका सार्वजनिक गरेको उक्त सूचनामा जनाइएको छ । बिहान ८:०० देखि ११:०० बजेसम्म हुने परीक्षामा पहिलो दिन अङ्ग्रेजी विषयको परीक्षा सञ्चालन हुनेछ ।

OM Sai Pathibhara Hospital

चैत १९ गते आइतबार अनिर्वाय गणित, सोमबार अनिवार्य नेपाली, मंगलबार बिदा रहेको छ भने बुधबार अनिवार्य विज्ञान, बिहीबार अनिवार्य सामाजिक अध्ययन, शुक्रबार अनिवार्य स्वास्थ्य जनसंख्या तथा वातावरण शिक्षाको परीषा हुनेछ ।

Screenshot_2023_0128_073051