मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आज यात्राका योजना विफल हुनसक्छ । शैक्षिक क्षेत्र कमजोर नै रहनेछ तर आत्मबल बढाएर काम गरेमा सफलता मिल्न सक्छ ।

OM Sai Pathibhara Hospital

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

आज टाढाका नातागोता वा परिवारजनसँग प्रविधिमार्फत भेटघाट हुनेछ । दैनिक कार्यमा प्रगति हुनेछ । शुभकार्यको योजना पनि बन्ने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

अनावश्यक ठाउँमा धन खर्च होला । आत्मघाती काम गर्न पुगिएला । महत्वपूर्ण अवसर गुम्न सक्ने छ । प्रेममा बाधाका साथै मन कमजोर रहने छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

रमणीय र सुखद् यात्राको योग छ । नयाँ कामको योजना बन्ने छ । पारिवारिक जमघटमा सहभागी भइएला । विपरीत वर्गप्रति आकर्षण बढ्ने छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

आज कार्यमा बाधा आउनेछ । सरकारी निकायको भय रहला । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । मालसामान हराउन सक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

आज पुरानो समस्या सुल्झाउन सकिने छ । शुभचिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । मनमा उत्साहका साथै बोली बिक्ने समय छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

नयाँ ज्ञान सिक्ने मौका मिल्ने छ । घरायसी कार्य अघि बढ्नेछ । काम गर्ने जोश, जाँगर र उमंग बढ्ने छ । चिताएको कामले तीव्रता लिनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

आज नयाँ कार्यको योजना बन्ने छ । नजिकको व्यक्तिबाट आँटेको काम सफल हुनेछ । प्रेममा मधुरता छाउने छ । आत्मबल पनि बढ्ने छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई सकारात्मक बनाउ सकिने छ । सामाजिक संस्थाबाट सहयोग मिल्ने छ । स्वादिष्ट भोजन पाइनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

आज प्रेममा सफलता पाइनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने छ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्लान् तर साँझमा धन खर्च हुनेछ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)

कीर्तिमानी काम गर्ने समय छ । वाक्चातुर्यले सङ्कल्पसिद्ध हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्ने छ । बन्धु बान्धवबाट सहयोग मिल्ने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

आज नयाँ जिम्मेवारी पाइएला । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्ने छ । नयाँ कार्यको योजना बन्ला र शुभकार्यको चर्चा चल्ने छ ।