बुद्धशान्ति / झापाको बुद्धशान्ति गाउपालिका –४ मा रहेको श्री माध्यमिक विद्यालय बर्नेका विद्यार्थीहरूलाई आज स्विटर बितरण गरिएको छ । 

सेजल एण्ड सिस्टर एलएलसी कम्पनी युएसेको आर्थिक सहयोग तथा बुद्धशान्ति –४  निवासी समाजसेवी सुरेन्द्र शेर्माको समन्वयमा बर्ने मा. बि. मा रहेका सम्पूर्ण विद्यार्थीहरूलाई सुइटर बितरण गरिएको हो । 

OM Sai Pathibhara Hospital

विपन्न परिवारका बालबालिकाहरूलाई लक्षित गर्दै चिसो मौसमको कारण बिरामी हुने, विद्यालय नजाने जस्ता समस्या देखा पर्ने भएको कारण विद्यार्थीहरूलाई स्विटर बितरण गरिएको समाजसेवी शेर्माले बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रुद्र भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा बुद्धशान्ति गाउपालिका अध्यक्ष मनोज प्रसाईँले प्रमुख अतिथिको आतिथ्यता ग्रहण गरेका थिए । 

विद्यालयमा आयोजित कार्यक्रममा गाउपालिका प्रमुख प्रसाईँले विद्यार्थीहरूलाई न्यानो कपडा स्विटर बितरण गरेका हुन् । कार्यक्रममा  प्रमुख अतिथि प्रसाईँले विद्यालयलाई भोलिका दिनमा हरेक क्षेत्रमा सहयोग गर्ने बताए ।

कार्यक्रमका बिचमा इरी इन्सुरेन्सका सञ्चालक अमेरिका निवासी पूर्ण गौतमले २ जना अशक्त ब्यक्तिलाई उपचारका लागी १२ हजार सहयोग गरेका छन् । 

विद्यार्थीहरूलाई सुइटर बितरण गरेर सहयोग गर्ने सेजल एण्ड सिस्टर एलएलसी कम्पनीलाई विद्यालयका प्रधानाध्यापक चन्द्र प्रसाद उप्रेतीले धन्यवाद दिएका छन् । उनले विद्यार्थीहरूको लागि गरिएको सहयोगले पढाइमा मनोबल बढाउन मद्दत पुग्ने बताए । स्विटर बितरण कार्यक्रममा जनप्रतिनिधि, शिक्षक, समाजसेवी, पत्रकार तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।