नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको स्वास्थ्यमा सुधार देखिएपछि अस्पतालबाट डिस्चार्ज भएका छन् ।

रोल्पा समृद्ध फाउन्डेसनको कार्यक्रममा गृह जिल्ला रोल्पा पुगेका पुनको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि गत महिना हेलिकप्टरमा ल्याएर ललितपुरको सुमेरु अस्पताल भर्ना गरिएको थियो ।

OM Sai Pathibhara Hospital

सुमेर अस्पतालमा एक साता उपचार गरेपछि हिजो शुक्रबार अस्पतालले डिस्चार्ज गरेको उनको सचिवालयले जनाएको छ ।अस्पतालबाट डिस्चार्च भए पनि चिकित्सकले उनलाई कलेजो प्रत्यारोपणको सल्लाह दिएका छन् ।

लामो समयदेखि पुनको उपचारमा संलग्न पेट रोग विशेषज्ञ प्रा. डा. युवराज शर्माले केही दिनअघि दिएको जानकारी अनुसार पुनको कलेजोको ८० प्रतिशत भन्दा बढी भाग बिग्रिसकेको छ । जन्डिस रोगबाट पीडित पुन केही समयअघि मात्र चीनमा उपचार गराएर फर्किएका थिए ।