झापा / बुद्ध आदर्श माध्यमिक विद्यालयले सांस्कृतिक कार्यक्रमको आयोजना गरी ६२ औै वार्षिक उत्सव तथा नवनिर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न गरेको छ । विविध सांस्कृतिक कार्यक्रमका साथ पौष २४ र २५ गते वार्षिक उत्सव मनाइएको थियो । 

विद्यालयका व्यवस्थापन समिति अध्यक्ष मनोरथ तिवारीको अध्यक्षतामा, बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईँको प्रमुख आतिथ्यता त्यस्तै बुद्धशान्ति गाउँपालिका पूर्व अध्यक्ष रमेश भुजेल, गाउँपालिका उपाध्यक्ष भवानी खतिवडा, जग्गादाता दिनानाथ ढकाल, बुद्धशान्ति गाउँपालिका शिक्षा शाखा प्रमुख कमल निरौला लगायतको आतिथ्यमामा भएको कार्यक्रममा शिक्षक हेमेन्द्र खतिवडाले उपस्थित सम्पूर्णलाई शाब्दिक स्वागत गरेका थिए । 

OM Sai Pathibhara Hospital

अभिभावक तथा स्थानीय समाजसेवी लगायतको उल्लेख्य उपस्थितिमा भएको कार्यक्रममा विद्यालयको नवनिर्मित भवनको पनि उद्घाटन गरिएको थियो ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिले २०७३ साल देखि हाल सम्म गरेको कार्य प्रगति विवरण समेटिएको विद्यालय हिजो र आज नामक जानकारी मूलक पुस्तक पनि विमोचन गरिएको थियो

सामुदायिक विद्यालयहरू मध्ये बुद्धशान्ति मा नै नमुना विद्यालयका रुपमा छनौट भई शैक्षिक देखि भौतिक गुणस्तरमा पनि विद्यालयले प्रगति गरेकोमा शुभकामना मन्तव्य राख्दै गाउँपालिका अध्यक्ष प्रसाईँले खुशी व्यक्त गरेका छन् ।
त्यस्तै कार्यक्रममा गाउँपालिका उपाध्यक्ष भवानी खतिवडा, शिक्षा शाखा प्रमुख कमल निरौला लगायतले शुभकामना मन्तव्य राखेका थिए । त्यस्तै विद्यालयलाई यहाँ सम्म ल्याई पुर्‍याउन सहयोग गर्नुहुने सम्पूर्ण मा विद्यालय व्यवस्थापन समिति अध्यक्ष तिवारीले धन्यवाद ज्ञापन गरेका छन् । 

कार्यक्रममा विद्यालयका शिक्षकहरूले देखाएको सामूहिक नृत्यले झन माहोल तताएको थियो । त्यस्तै कार्यक्रममा अन्य विभिन्न सांस्कृतिक प्रस्तुतिहरू पनि देखाइएको थियो ।