झापा जिल्लाको भद्रपुर नगरपालिका वाड न. १० मा गाडी सर्भिस तथा मर्मतका लागि सुविधा सम्पन्न झापा अटो सञ्चलनमा आएको छ ।झापा अटोको उद्योग बाणिज्य महासंघ प्रदेश नं १ का अध्यक्ष टिकाराज ढकाल,भद्रपुरका सफल ब्यावसायी दिपेस ढकाल, झापा उध्योग संघका अध्यक्ष याम बहादुर श्रेस्ठले सम्युक्त  उद्घाटन गरेका हुन् ।

चार कठ्ठा जग्गामा भद्रपुर १० का विभुराज दाहाल र नेत्रकुमार राजवंशीले झापा अटो सञ्चालनमा ल्याएका हुन् । करिब एक करोड २५ लाख रुपैयाँको लागतमा सञ्चालनमा आएको झापा अटोबाट सबै कम्पनीका ‘फोर ह्वीलर’ गाडी मर्मत गरिने सञ्चालक राजवंशीको भनाइ छ ।

OM Sai Pathibhara Hospital

झापा अटोमा सर्भिसिङ, डेन्टिङ पेन्टिङ, स्पेयर्स पार्ट, वासिङ, होम सर्भिसको सुभिधा समेत रहेको  छ । निकट भविष्यमै इलेक्ट्रोनिक सवारी साधनका लागि चार्जिङ स्टेशन समेत सञ्चालन गरिने सञ्चालक विभुराज दाहालले बताए ।