मोरङको विराटनगरबाट महावीर रोडस्थित अनिल साहको गोदाममा बिराटनगर भन्सार र प्रहरिको सम्युक्त टोलिले छापा हानेर ठुलो परिमाणमा तस्करीको कपडा बरामद गरेको छ ।               साहले तस्करी गरेर कपडा ल्याउने गरेका थिए। साह लगायत झापा ,मोरङ, सुनसरीका ब्यापारिहरुले विभिन्न नाका प्रयोग गरि सामान नेपाल भित्र्याउने गरेका छन। सुनसरीको घोस्की, देवनगन्ज, महादेवा, साहेभगन्ज, बिरपुर, लौकी, भन्टाबारी र मोरङका केसलिया, दरैया, कटरिगोदाम, डुमरिया, रामचोकको बोडर नोचा, कर्सियाको खर्गोना, रङेली, आनगरि जस्ता विभिन्न नाका प्रयोग गरि तस्करिबाट भारतदेखि नेपाल भित्र्याउछन। अवैध रूपमा ल्याएर शाहले तस्करीको कपडा विराटनगर ७ महावीर रोडस्थित मुकुन्द बस्नेतको दोस्रो तला पुरै भाडामा लिएर कपडा राख्ने गरेका थिए । तस्करी गरी ल्याएको कपडा विराटनगरको बजारसहित पूर्वको विभिन्न नाका पढाउने गरेका थिए । उनको विराटनगर ७ महावीर रोडमा कपडाको होलसेल पसल पनि रहेको छ । तेही पसलबाट उनले कपडा विराटनगरसहित पूर्वको विभिन्न स्थानमा पठाउने गरेका थिए ।

साहको गोदामबाट बरामद भएको कपडा विराटनगर भन्सार कार्यालय लगिएको छ। एउटा ट्याक्टर र प्रहरीको बस भरिने गरी कपडा बरामद गरेको विराटनगर भन्सार कार्यालयका प्रमुख तारानाथ सापकोटाले जानकारी दिए । ‘विशेष सूचनाको आधारमा तस्करीको कपडा ल्याएपछि हामीले बरामद गरिएको हो,’ उनले भने, ‘बरामद गरिएको कपडाको खरिद विल पनि व्यापारीले देखाउन सकेको छैन ।’ बरामद गरेको कपडा परिमाण मुल्य भने खुल्न बाँकी रहेको छ ।