झापा / मिर्मिरे लघुवित्त वित्तीय संस्था र नेरुडे लघुवित्त वित्तीय संस्था बीच एक आपसमा गाभ्ने र गाभिने (मर्जर) सम्बन्धी प्रारम्भिक सम्झौता भएको छ । दुई संस्था बीच ११ पुस सोमबारको दिन मर्जर सम्बन्धी प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

दुई संस्था बीच १ः१ को सेयर आदानप्रदान अनुपात स्वाप रेसियो मा मर्जरमा जाने सहमति भएको स्रोतले जनाएको छ । मर्जरपछि  लघुवित्तको नाम मेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था रहने सहमति भएको छ ।

OM Sai Pathibhara Hospital

उक्त सम्झौतामा मिर्मिरे लघुवित्तको तर्फबाट अध्यक्ष टेक बहादुर बोहोरा र नेरुडे लघुवित्तका तर्फबाट अध्यक्ष डा. भेषप्रसाद धमलाले हस्ताक्षर गरे । त्यस्तै सञ्चालक समिति अध्यक्षमा हालको मिर्मिरे लघुवित्तका अध्यक्ष बोहोरा र प्रमुख कार्यकारी अधिकृतमा नेरुडे का भोजराज बस्याल रहने सहमति भएको छ ।

मोरङको विराटनगरमा केन्द्रीय कार्यालय रहेको राष्ट्रिय स्तरको नेरुडे लघुवित्तको चुक्ता पूँजी ६० करोड रुपैयाँ रहेको छ । त्यस्तै काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहेको राष्ट्रिय स्तरकै मिर्मिरे लघुवित्तको चुक्ता पुँजी ५२ करोड २१ लाख रुपैयाँ रहेको छ ।