काठमाडौँ / नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको कारोबार मूल्य प्रतितोला रु एक लाख पाँच सय तोकिएको छ । 

शुक्रबार प्रतितोला रु. ९९ हजार नौ सयमा कारोबार भएको यो सुनको मूल्य आज प्रतितोला रु. छ सयले बढेको हो ।

OM Sai Pathibhara Hospital

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. एक लाख छ । यसको मूल्य अघिल्लो दिन रू. ९९ हजार चार सय थियो । 

त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा रु. ले वृद्धि भई प्रतितोला रु. एक हजार तीन सय ८० पुगेको महासङ्घले जनाएको छ ।