काठमाडौं / महालक्ष्मी विकास बैंकले १०.४७ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । आर्थिक वर्ष २०७८र७९ को मुनाफाबाट सेयरधनीलाई उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकले सेयरधनीलाई प्रस्ताव गरेको १०.४७ प्रतिशत लाभांश मध्ये हाल कायम चुक्ता पुँजी ४ अर्ब १ करोड ८ लाख ८३ हजारको ४ प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनको लागि समेत गरी ६.४७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

OM Sai Pathibhara Hospital

बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण गरिने छ ।