काठमाडौं/ शिक्षाको पहुँच तथा गुणस्तर अभिवृद्धि गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र गाउँपालिका राष्ट्रिय महासंघबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

मन्त्रालयमा विद्यालय शिक्षा क्षेत्र योजना १० वर्षे विद्यालय सुधार योजनाको कार्यान्वयनको सन्दर्भमा स्थानीय तहमा कार्यक्रम सञ्चालनको लागि समन्वय र सहजीकरणका लागि समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

OM Sai Pathibhara Hospital

विद्यालय शिक्षामा सबैको समतामूलक पहुँच, गुणस्तर र सान्दर्भिकता, समन्व्य र सहकार्य मार्फत शैक्षिक सुशासन प्रवर्द्धन गर्ने उद्देश्यका साथ समझदारी भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको अनुसार विद्यालय शिक्षा क्षेत्र योजना कार्यान्वयनलाई सुदृढ र प्रभावकारी बनाउन दुवै पक्षबीच समझदारी  भएको हो ।

समझदारीमा योजना कार्यान्वयनको क्रममा समस्या आए दुवै पक्षले सहमतिबाट समस्याको समाधान गरी कार्यान्वयन गर्ने उल्लेख गरिएको छ । समझदारीको समयावधि २०८३(०८४ सम्म रहने मन्त्रालयले जनाएको छ ।

समझादारी पत्रमा मन्त्रालयका सहसचिव डा. हरी लम्साल र गाउँपालिका राष्ट्रिय महासंघ नेपालकी अध्यक्ष लक्ष्मीदेवी पाण्डेले हस्ताक्षर गरेका छन्