काठमाडाैँ /  राजस्व अनुसन्धान विभागले काठमाडौंका तीन स्थानमा रहेका कपडा गोदाममा शिलवन्दी गरेको छ ।

भन्सार छलि गरि ल्याइएका सामान गोदाम गरिराखेको सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र बिभागको टोलीले छापा मारि तीन स्थानमा रहेका कपडा गोदाममा शिलवन्दी गरेको हो ।

OM Sai Pathibhara Hospital

नितेश इम्पेक्सको काठमाडौंको भेडासिंङ, क्षेत्रपाटी र भुरुङ्खेलमा रहेको कपडा गोदाममा शिलवन्दी गरिएको अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरिक्षक कृष्ण प्रसाद कोईरालाले जानकारी दिए ।

उनले शुक्रबारदेखि बिभागले शिलवन्दी गरेका स्थानमा थप अनुसन्धान गर्ने बताए । गोदाममा भन्सार छलि गरि ल्याइएका ठूलो परिणाममा थान कपडा रहेको आशंका गरिएको उनले बताए । छापा मार्दा बिज, बिजक फेला नपरेकाले सिलबन्दी गरिएको प्रहरीले जनाएको छ ।

उक्त कपडा १ नम्बर प्रदेसको सुनसरी ,झापा , मोरङबाट भन्सार छलि गरी ठुलो परिमाणमा काठमन्डौ सम्म पुग्ने गरेको छ।

काठमान्डौ सम्म भन्सार छलि गरी ठूलो परिमाणमा सामान कसरी पुग्छ यो भने अनुसन्धान को बिसय बन्ला।