झापा / साताको तेस्रो दिन आज मंगलबार सुनचाँदीको मूल्य घटेको छ । केही दिनदेखि लगातार बढिरहेको सुनचाँदीको मूल्य मंगलबार भने घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार प्रतितोला ९९ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार ६ सय रुपैयाँले घटेर ९९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

OM Sai Pathibhara Hospital

तेजाबी सुन प्रतितोलामा ९८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी, चाँदीको मूल्य पनि मंगलबार ३५ रुपैयाँले घटेर १ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।