काठमाडौं  / द भ्वाइस अफ नेपाल सिजन ४ मा अहिले लाइभ शो राउन्ड प्रसारण भइरहेको छ । अन्तिम १० प्रतिस्पर्धी घोषणा हुँदा शुक्रबार र शनिबारको एपिसोडबाट दुई जना प्रतियोगी बाहिरिएका छन् ।

शनिबार टिम प्रविशाबाट वर्षा इटानी बाहिरिइन् भने शुक्रबार टिम राजेशका भूपेन्द्र रणपाल बाहिरिए । दर्शकको मतको आधारमा कम मत ल्याउने प्रतिस्पर्धी बाहिरिएको जनाइएको छ ।

OM Sai Pathibhara Hospital

दुवै प्रतिस्पर्धी बाहिरिँदा द भ्वाइसको स्टेजको माहोल भावुक बनेको थियो । प्रतियोगी र कोच दुवैले आँसु बगाए । टिम राजु र टिम प्रमोदका प्रतिस्पर्धी ‘बटम थ्री’ मा परे पनि उनीहरु सुरक्षित भए ।

शुक्रबार र शनिबारको प्रस्तुतिको अन्तिम समयसम्म दर्शकले भोट गर्न पाउने सुविधा छ । आगामी शुक्रबार र शनिबार कम मत ल्याउने दुई जना प्रतिस्पर्धी बाहिरिने छन् ।

द भ्वाइस अफ नेपाल प्रत्येक शुक्रबार र शनिबार राति ८ बजे हिमालय टीभीबाट प्रसारण हुँदै आएको सो विश्वकप फुटबलका कारण ७ बजेबाट नै प्रसारण हुँदै आएको छ ।