झापा / नेपाली मूलकी चेली परिजिता बास्तोला अमेरिकी गायन रियालिटी शो  ‘द भ्वाइस अमेरिका’ को सेमिफाइनलमा प्रवेश गरेकी छन्।

सेमिफाइनलमा प्रवेश गरेपछि उनले एक भिडिओ मार्फत शुभचिन्तकलाई धन्यवाद व्यक्त गरेकी छन्। साथै उनले फाइनलको लागि दुई साता मात्रै कारण सबैलाई भेट गर्न अपिल समेत गरेकी छिन् । 

OM Sai Pathibhara Hospital

कोच जोन लिजेन्डको तर्फबाट उनले टप १२ मा एलेसिया काराको ‘स्कार्स टु योर ब्युटिफुल’ बोलको गीत गाएकी थिइन्। उनको गीत सुनेर चारै जना कोचले तारिफ गरे।

सेफिफाइनलमा उनले ८ जना प्रतिस्पर्धीसँग प्रस्तुति दिनेछिन्। परिजिताको ब्लाइन्ड अडिसनबाटै चर्चा भइरहेको छ।