उनको अन्तिम संस्कार आज (बुधबार) दिउँसो १ बजे भारको बेंगलुरुको हेब्बल श्मशान गृहमा गरिने छ । किर्लोस्कर व्यवसायिक परिवारका चौथो पुस्ताका सदस्य, विक्रम किर्लोस्करलाई टोयोटाको व्यवसाय भारतमा ल्याउने ठूलो श्रेय मानिन्छ।
विक्रम किर्लोस्करको जन्म नोभेम्बर १९५८ मा भएको थियो । उनका पिताको नाम श्रीकान्त किर्लोस्कर हो। विक्रमले उटीको लरेन्स स्कूलमा पढेका थिए।
स्कूल पछि, उनी म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी) मा पढ्न गए। उनले एमआईटीबाट मेकानिकल इन्जिनियरिङमा डिग्री हासिल गरेका थिए।






































