झापा / माछापुच्छ्रे बैंकको अध्यक्षमा डा. उपेन्द्र महतो नियुक्त भएका छन् । 

बैंकको सञ्चालक समितिको मंसिर १२ गते बसेको सञ्चालक समितिको बैठकले निवर्तमान अध्यक्ष डा. विरेन्द्र महतोको राजिनामा स्वीकार गरेर डा. महतोलाई अध्यक्षमा नियुक्त गरेको हो ।

OM Sai Pathibhara Hospital

डा. महतो गैर आवासीय संघका संस्थापक अध्यक्ष समेत हुन् । 

प्रतिनिधिसभा निर्वाचनमा उम्मेद्वार बनेपछि डा. महत्वले अध्यक्ष पदबाट राजिनामा दिएका थिए । महतो प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । उनी जनता समाजवादी पार्टीका नेता समेत रहेका महतो सिरहा ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

सांसद भएपछि बैंक तथा वित्तीय संस्थाको अध्यक्ष वा सञ्चालक बन्न नपाइने कानुनी व्यवस्था छ । सोही कारण विरेन्द्र महतोले बैंकको अध्यक्ष पदबाट राजीनामा दिएका हुन् । उपेन्द्र र वीरेन्द्र दाजु भाइ हुन् ।