झापा  / आज सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबारको तुलनामा सोमबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेको हो ।

आइतबार प्रतितोला ९७ हजार ८०० रुपैयाँ रहेको छापावाल सुन आज ९७ हजार ५०० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ । यसैगरी यसअघि प्रतितोला ९७ हजार ३०० रुपैयाँ रहेको तेजाबी सुनको मूल्य आज ९७ हजार रुपैयाँ रहेको छ ।

OM Sai Pathibhara Hospital

यता, चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले घटेको महासङ्घले जनाएको छ । यसअघि प्रतितोला १ हजार २९५ रुपैयाँ रहेको चाँदी आज एक हजार २८५ रुपैयाँमा कारोबार हुनेछ ।