झापा / साताको दोस्रो कारोबार हुने दिन सोमबार प्री–ओपन सेसनमा नेप्से परिसूचक २.९५ अंक बढेको छ। 

आइतबार ३२.४३ अंक बढेर १९६५.९८ बिन्दुमा बन्द भएको थियो । आजको प्री ओपन सेसनमा २.९५ अंक बढेर १९६८.९३ बिन्दुमा पुगेको छ ।

OM Sai Pathibhara Hospital

सेन्सेटिभ इण्डेक्स भने ०.६४ अंक बढेको छ। सोमबार प्रि ओपन सेसनमा १६ स्टकको १४ लाख ६१ हजार ४४८ रुपैयाँ ७९ पैसा बराबरको ३ हजार २४० कित्ता शेयर खरिदबिक्री भएको छ। 

जसमध्ये ११ स्टकको मूल्य बढेको छ भने ४ स्टकको मूल्य घटेको छ। बाँकी १ स्टकको मूल्य सो सेसनमा स्थिर छ।