झापा / नेपाल राष्ट्र बैंकले चालु आवको पहिलो त्रैमासिक समीक्षा मार्फत वाणिज्य बैंकका लागि स्प्रेड रेट ४।४ प्रतिबाट घटाएर ४ प्रीतशतमा झारेको हो ।
त्यसैगरी विकास बैंकको ५ प्रतिशत रहेको स्प्रेड रेट ०।४ प्रतिशत विन्दुले घटाएर ४।६ प्रतिशतमा झरेको छ । तर, केन्द्रीय बैंकले फाइनान्स कम्पनीको हकमा ५ प्रतिशतलाई यथावत रोखको छ
बैंक तथा वित्तीय संस्थाको नाफा धेरै भयो भनेर घटाउन खोजेको नभई बजारको अवस्थालाई सन्तुलन कायम गर्नका लागि स्प्रेड घटाएको तर्क केन्द्रीय बैंकको छ ।
पछिल्लो समयमा स्प्रेड कम गरेर भए पनि ब्याजदर घटाउनु पर्ने माग उद्योगी व्यवसयाीहरुले राख्दै आएका थिए । त्यति मात्र नभई उद्योगी व्यवसायीले बढ्दो ब्याजदरको विरोध गर्दै सडकमा उत्रिएका थिए ।
त्यसको नतिजा स्वरुप केन्द्रिय बैंकले व्यवसायलाई ब्याजदर कम हुने गरी स्प्रेड घटाएको हो । तर, बैंकहरूले भने बैंकहरूको नाफा अङ्कमा मात्र धेरै देखिएको भए पनि लगानीमा प्रतिफल निरन्तर घट्दो क्रममा रहेको बताउँदै आएका छन् । त्यति मात्र नभई बैंकहरूले अर्बमा गरेको नाफा खर्बको लगानीबाट भएकाले त्यो पक्षलाई पनि ध्यान दिने पर्ने बैंकहरूको भनाई छ ।
वित्तीय बजारलाई सन्तुलनमा राख्नका लागि स्प्रेड घटाएको केन्द्रीय बैंकका प्रवक्ता गुणाकर भट्टले जानकारी दिए । स्प्रेड मार्फत थप ब्याजदर बढ्न नदिन स्प्रेड बढाएको उनको भनाई छ । समीक्षा मार्फत त्यसैगरी कर्जा निक्षेप अनुपातमा पनि केही सहजता दिने व्यवस्था केन्द्रिय बैंकले गरेको छ ।
स्प्रेड घटाउँदा बैंक तथा वित्तीय संस्थाहरूले कर्जाको ब्याजदर तय गर्दा लिने प्रिमियम दर घट्न गई कर्जाको ब्याजदरमा समेत सन्तुलन आउने अपेक्षा राष्ट्र बैंकको छ । प्रिमियम सम्बन्धी व्यवस्थाको नियमित अनुगमन समेत गरिने समीक्षामा उल्लेख छ ।
तोकिएको कर्जा–निक्षेप अनुपात नपुगेमा बैंक तथा वित्तीय संस्थालाई लाग्ने जरिवानालाई तरलता जोखिममा समेत आधारित हुने गरी पुनरावलोकन गरिने समीक्षामा उल्लेख छ । तरलतामा देखिएको दबाबलाई दृष्टिगत गरी बैंक तथा वित्तीय संस्थाले तोकिएको क्षेत्रमा कर्जा प्रवाह नगरेमा २०८० असार मसान्तको आधारमा २०८० पुसदेखि हर्जाना गणना गर्ने व्यवस्था मिलाइने समेत समीक्षामा उल्लेख छ ।
त्यसैगरी समीक्षाले लघुवित्त वित्तीय संस्थाले आगामी माघदेखि आधार दर मासिक रुपमा प्रकाशन गर्नुपर्ने व्यवस्था गरेको छ ।