काठमाडौँ / साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । अघिल्लो कारोबार दिन अर्थात् शुक्रबार पनि सुनको मूल्य स्थिर रहेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला ९७ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९७ हजार  तीन सय रुपैयाँमा कारोबार भइरहेको छ । 

OM Sai Pathibhara Hospital

शुक्रबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो । त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज चाँदी प्रतितोला १२ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ । आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १७ सय ५५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।