झापा / झापाको मेचीनगर नगरपालिकाले ५ सय फम क्षमताको नयाँ अग्नि नियन्त्रक यन्त्र (दमकल) खरिद गरेको छ । 

नगरपालिकाले म्याप इन्टर क्लिनर्स प्रालि काठमाडौँबाट ५९ लाख ७७ हजार ७ सय रुपैयाँ मा उक्त दमकल खरिद गरेको नगरका आर्थिक प्रशासन शाखा प्रमुख पदमबहादुर कार्कीले जानकारी दिए ।

OM Sai Pathibhara Hospital

मेचीनगरका नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले आगलागीबाट हुने क्षति न्यूनीकरण गर्नका लागि नगरपालिकाले नयाँ दमकल खरिद गरिएको बताएका छन् । 

पछिल्लो समय मेचीनगर, बिर्तामोड लगायतका सहरी क्षेत्रमा आगलागीबाट ठुलो क्षति भएको छ । अब दुईवटा दमकलले आगो नियन्त्रण सहज हुने नगर प्रमुख बुढाथोकीको भनाइ छ । 

योसँगै अब मेचीनगरमा दुई वटा दमकल भएको छ ।