काठमाडौँ / नेपाल राष्ट्र बैंकले आज शनिबारको विदेशी विनिमय दरभाउ तोकेको छ ।  यसअनुसार अमेरिकी डलर १ को खरिद दर १३० रुपैयाँ ४० पैसा र बिक्री दर १३१ रुपैयाँ रहेको छ । त्यस्तै युरो १ को खरिद दर १३५ रुपैयाँ २६ पैसा तथा बिक्री दर १३५ रुपैयाँ ८८ पैसा तोकिएको छ ।

यता पाउन्ड स्टर्लिङ १ को खरिद दर १५५ रुपैयाँ ४६ पैसा र बिक्री दर १५६ रुपैयाँ १८ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।