काठमाडौँ / नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार नेपाली बजारमा एक अमेरिकी डलरको खरिद मूल्य १३० रुपैयाँ ३५ पैसा र बिक्री मूल्य १३० रुपैयाँ ९५ पैसा छ ।युरोपियन युरो एकको खरिददर १३५ रुपैयाँ ०९ पैसा र बिक्रीदर १३५ रुपैयाँ ७२ पैसा, अष्ट्रेलियन डलर १ ले घटेर खरिद ८७ रुपैयाँ २८ पैसा छ भने बिक्रीदर ८७ रुपैयाँ ६८ पैसा कायम भएको छ । १ रुपैयाँले घटेर क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ६३ पैसा र बिक्रीदर ९८ रुपैयाँ ०८ पैसा कायम छ ।

सिङ्गापुरे डलरको खरिददर ९४ रुपैयाँ ८२ पैसा र बिक्रीदर ९५ रुपैयाँ २५ पैसा रहेको नेपाल राष्ट्र बैकले जनाएको छ । यसैगरी जापानी येनमा १० एकको खरिदमा ९  रुपैयाँ ३४ पैसा र बिक्रीमा ९ रुपैयाँ ३८ पैसा, चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ २५ पैसा र बिक्रीदर १८ रुपैयाँ ३३ पैसा, साउदी अरेवियन रियाल एकको खरिदमूल्य ३४ रुपैयाँ ६८ पैसा र बिक्री मूल्य ३४ रुपैयाँ ८४ पैसा, कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३५ रुपैयाँ ७२ पैसा र मलेसियन रिंगेट एकको खरिददर २८ रुपैयाँ ६३ पैसा र बिक्रीदर २८ रुपैयाँ ७६ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।