काठमाडौं / अभिनेत्री केकी अधिकारीले काठमाडौं क्षेत्र नम्बर -१० का उम्मेदवार तथा नेपाली कंग्रेसका गगन थापालाई भोट माग्दै जितको शुभकामना दिएकी छन् । गगन थापाको जितले सम्भावनाको ढोका खुल्ने एक राजनीतिज्ञको रुपमा उदय होस् भन्ने आफूले चाहेको भन्दै उनले थापाका लागि मत मागेकी हुन् । 

गगन थापाको आधिकारिक फेसबुक पेजमार्फत सार्वजनिक गरिएको भिडियो सन्देशमा केकीले थापाले संसद्‌मा असल जनप्रतिनिधिको भूमिका निर्वाह गर्दै साहस, लगनशीलता देखाएको बताइन् । राष्ट्रिय चासो र चिन्ताको विषयमा पनि संसद्‌मा थापाले आवाज उठाएको भन्दै उनले थापालाई जितको शुभकामना दिएकी हुन् । 

OM Sai Pathibhara Hospital