एजेन्सी / आगामी नोभेम्बर २० देखि कतारमा सुरु हुने फिफा विश्वकप फुटबलका लागि ३२ राष्ट्रबाट कूल ८३१ खेलाडी छनोट भएका छन् । विश्वकप खेल्नका लागि मङ्गलबारसम्म सबै टिमको सूची सार्वजनिक गर्नुपर्ने समय थियो । त्यसै अनुसार सहभागी ३२ वटै राष्ट्रले टिम घोषणा गरेको  फिफाले जनाएको छ । विश्वकपमा अन्तिम टोलीमा २६ खेलाडी राख्न पाउने नियम भए पनि इरानले २५ जनाको टोली घोषणा गरेको छ । 

यसअघि २३ जनाको टोली रहँदै आएकोमा यस पटक हरेक टिममा २६ खेलाडी राखिएको हो । त्यस्तै विश्व फुटबलका दुई सुपरस्टार क्रिस्टियानो रोनाल्डो र लियोनल मेसी लगातार पाँचौ पटक विश्वकप खेल्ने तयारीमा छन् । त्यसमध्ये मेसीले अहिलेसम्म विश्वकपमा १९ खेल खेलेका छन् ।