काठमाडौं / मोरङ -३ बाट राप्रपा उम्मेदवार बनेकी अभिनेत्री रेखा थापाको चर्चा पनि यसपटक चुलिएको छ । चलचित्र क्षेत्रकै अन्य कलाकारले रेखालाई भोट मागिरहेका छन् । अभिनेत्री करिश्मा मानन्धरले रेखालाई खुलेरै भोट मागेकी छन् । कलाकार राष्ट्रका अभिन्न अंग भएको बताउँदै करिश्माले सामाजिक सञ्जालमार्फत रेखालाई भोट मागेकी हुन् । 

करिश्मा लेख्छिन्, ‘कलाकार राष्ट्रका अभिन्न अंग हुन् । संस्कृति, संस्कारका संवाहक हुन् । यो क्षेत्रको निर्माण, विकास गर्न धेरै कलाकारले धेरै संघर्ष र परिश्रम लगानी गरेका छन् । यो एउटा करोडौं लगानी भएको क्षेत्र बनिसकेको छ । अब हाम्रो कदम राज्यको मुख्य तहमा आफ्नो कुरा पुर्‍याउने हो । यो सङ्घर्षमा सामेल योद्धा रेखा थापालाई भोट गर्न मोरङ जिल्लावासीलाई आग्रह गर्दछु ।’

OM Sai Pathibhara Hospital