काठमाडौं / मानिसले लसुनको खेती गर्न थालेको पाँच हजार वर्ष भइसक्यो । मानव स्वास्थ्यका लागि गुणकारी लसुन खाँदा स्वास्थ्य राम्रो हुन्छ । लसुनको टुप्पो एकाबिहानै खाँदा धेरैथरि रोगबाट बच्न सकिन्छ । लसुनका विशेषताको अध्ययन गर्दा यो त गजबको एन्टीबायोटिक हो भन्ने पत्ता लाग्यो ।

अझ खाली पेट लसुन खाँदा यसले पेटका हानिकारक ब्याक्टेरियालाई मारिदिन्छ । ग्यास्ट्रिकको समस्या भएकाले बिहान खाली पेटमा तातो पानीसँग लसुन खादा निकै फाइदा पुग्छ । तपाईं मुसा तथा फंगल सङ्क्रमणबाट बच्नका लागि छालामा लसुन दल्न सक्नुहुन्छ ।

OM Sai Pathibhara Hospital

लसुनका अन्य पनि धेरै फाइदा छन् ।  

1 लसुन खाँदा रक्तचाप स्थिर हुन्छ । 

2 लसुनले पेनकिलरको पनि काम गर्छ । 

3 लसुनले रगत पातलो बनाएर जम्नबाट रोक्छ । 

4 लसुन नियमित खाँदा रुघाखोकी लाग्दैन ।

5 स्नायु प्रणालीको गडबडीलाई पनि लसुनले रोक्छ । 

6 यसले हाइपरटेन्सन पनि घटाउँछ । 

7 शरीरको कुनै भाग सुन्निँदा पनि लसुनले फाइदा गर्छ । 

छालाका अन्य धेरै रोगबाट लसुनले बचाउँछ ।