काठमाडौँ / आज छापावाल सुनको मूल्य प्रतितोला एक हजारले बढेको छ । सोमबार प्रतितोला ९७ हजार दुई सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ९८ हजार दुई सय तोकिएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार सात सय छ ।

यसको मूल्य अघिल्लो दिन प्रतितोला ९६ हजार सात सय थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा  प्रतितोला ३० ले बढेर एक हजार तीन सय २५ पुगेको महासङ्घले जनाएको छ । 

OM Sai Pathibhara Hospital