काठमाडौं / आसन्न प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनको बेला ३ दिन विद्यालयमा बिदा दिन निर्वाचन आयोगले सिफारिस गरेको छ । निर्वाचन केन्द्र रहेका विद्यालय मतदान स्थलको रूपमा प्रयोग गर्नुपर्ने भएकाले मंसिर २ देखि ४ गतेसम्म देशभरका सबै विद्यालयमा बिदा दिनुपर्ने आयोगको सिफारिसमा उल्लेख छ ।

आयोगले बिदाको निर्णय गर्न मुख्य सचिव मार्फत नेपाल सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ । त्यसैगरी, निर्वाचनको दिन मंसिर ४ मा देशभर सार्वजनिक बिदा दिन पनि आयोगले सिफारिस गरेको छ । मन्त्रिपरिषद्को निर्णय गरेपछि मात्रै बिदाको निर्णय कार्यान्वयन हुन्छ ।