काठमाडौं /  नेपालसँगको मैत्रीपूर्ण खेलमा प्रतिस्पर्धाका लागि राष्ट्रिय फुटबल टिम ली नेपाल आएको छ । हसन बसिरको कप्तानीमा रहेको पाकिस्तानी टोली प्रतिस्पर्धाका लागि आइतबार राति नेपाल आइपुगेको एन्फाले जनाएको छ । नेपाल र पाकिस्तानबीच कात्तिक ३० गते साँझ ५ः३० बजे दशरथ रंगशालामा मैत्रीपूर्ण खेल हुने तय छ ।

नेपालले रोहित चन्दको कप्तानीमा पाकिस्तानसँग प्रतिस्पर्धामा उत्रनेछ । गोलकिपर किरण चेम्जोङ यो खेलमा देखिने छैनन् । खेल हेर्न एन्फाले सामान्य प्यारापिटतर्फको ५ सय र भिआइपीतर्फ १ हजारको टिकट दर निर्धारण गरेको छ ।

OM Sai Pathibhara Hospital