एजेन्सी / भारतीय अभिनेत्री सबाना आजमी नेपाल आउने भएकी छिन् । आगामी मंसिर ९ गते काठमाडौँमा सुरु हुने दोस्रो अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा सहभागी हुने उनी नेपाल आउने भएकी हुन् । मण्डला थिएटरको निणन्त्रणमा नेपाल आउन लागेकी उनले मंसिर १० गते बिहान साढे ७ बजे महोत्सवमा ‘मास्टर क्लास’ लिनेछिन् ।

७२ वर्षीया आजमीले पाँच वटा नेशनल फिल्म अवार्ड, ५ वटा फिल्मफेयर अवार्ड जितेकी छन् । चलचित्र क्षेत्रमा पुर्‍याएको योगदानका लागि उनलाई भारत सरकारले सन् २०१२ मा पद्म भूषणबाट सम्मानित गरेको थियो ।