काठमाडौँ / लगातार बढेको सुनको मूल्यमा आज सामान्य  गिरावट आएको छ । आज सुन हिजोको भन्दा तोलामा एक सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घले आज सुनको  मूल्य तोलामा ९७ हजार २ सय रुपैयाँ तोकेको छ ।

यस्तै, चाँदी पनि तोलामा ५ रुपैयाँले घटेर १ हजार २ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदीको मूल्य १ हजार ३ सय रुपैयाँ थियो ।