बिर्तामोड / चर्चित अभिनेत्री मनिषा कोइराला झापा आउने भएकी छिन् । 

निर्वाचनको मिति नजिकिँदै गर्दा राप्रपाका केन्द्रीय अध्यक्ष तथा झापा क्षेत्र नं –३ का उम्मेदवार राजेन्द्र लिङ्देनलाई मत माग्न झापा आउने भएकी हुन्।

OM Sai Pathibhara Hospital

नेपाली काँग्रेस पारिवारिक विरासत रहेकी अभिनेत्री कोइरालाले राजगढ बजारमा कात्तिक २९ र भद्रपुरमा ३० गते हुने वृहत चुनावी आमसभालाई सम्बोधन गर्ने राप्रपाले जनाएको छ ।

यतिबेला कोइराला चुनावी अभियानमा सक्रिय बन्दै आएकी छन् । अभिनेत्री मनिषा नेपाली कांग्रेसका संस्थापक विश्वेश्वरप्रसाद कोइरालाका जेठा छोरा प्रकाशकी छोरी हुन्। 

२०६२ असार ३१ मा राजा ज्ञानेन्द्रले तत्कालीन मन्त्रिपरिषद् खारेज गरी सत्ता हातमा लिएपछि प्रकाश वातावरण, विज्ञान तथा प्रविधिमन्त्री भएका थिए।

राजाको प्रत्यक्ष शासनमा सहयोगी भएर मन्त्रिपरिषद्मा सहभागी भएपछि कांग्रेसले उनलाई पार्टीबाट निष्कासित गरेको थियो।