झापा  / साताको पहिलो दिन आइतबार सेयर बजार दोहोरो अङ्कले घटेको छ । 

सेयर बजार परिसूचक नेप्से आज आइतबार १० दशमलव ५४ अङ्कले घटेर एक हजार आठ सय ८३ दशमलव १६ विन्दुमा झरेको हो । 

OM Sai Pathibhara Hospital

होटल समूहको सेयर सामान्य बढे पनि अरू सबै समूहको सेयर घटेर बजार राताम्मे देखिएको छ । आज दुई सय २५ वटा कम्पनीको २० लाख २८ हजार कित्ता सेयर ७७ करोड ४९ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्टको १० करोड ३९ लाख रुपैयाँको सेयर किनबेच भयो ।

आज नबिल ब्यालेन्स फन्ड–२ र निर्धन उत्थान लघुवित्तको सेयर ६ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटे पनि आज सबैभन्दा धेरै लक्ष्मी इक्विटी फन्डको सेयर झण्डै सात प्रतिशतले बढेको छ ।