बिर्तामोड / झापाको बिर्तामोड स्थित आदर्श स्कुल अफ म्यानेजमेन्टले कक्षा ११ का लागि कप्तान तथा उपकप्तान छनौट निर्वाचन सम्पन्न गरेको छ ।

कलेजका शिक्षक नितेश साह मुख्य निर्वाचन अधिकृत भइ गरिएको निर्वाचनमा कप्तान तर्फ ८ जना र उपकप्तान तर्फ ६ जनाले उम्मेद्वारी दिएका  थिए ।

OM Sai Pathibhara Hospital

जसमध्ये कप्तान तर्फ अफजल गुरुङ र उपकप्तान तर्फ जेसिका राई बिजयी भएका छन् ।  कुल १४८ मत खसेकोमा गुरुङले सर्वाधिक मत ३७ ल्याएका छन् भने उपकप्ता राईले ५३ मत ल्याएकी छिन् । आज निर्वाचित भएका कप्तान र उपकप्तानको कार्यकाल अवधि एक वर्ष रहनेछ ।

त्यसैगरी कप्तान तर्फका विद्यार्थीहरूले क्रमशः काव्या ठकुरीले २६ मत, युवराज दुलालले २६, बाबुल बिष्टले २१, रिता थापाले १४ ,आवास श्रेष्ठ १०, कौशल बानियाँले १० र अस्मिता अधिकारीले दुई मत प्राप्त गरेका थिए । 

त्यस्तै उपकप्तान तर्फ क्रमशः नेहा बोहराले ३८ मत, एन्जिला शेर्पाले २२, लक्ष्मी घिसिङले १६, सृष्टि बुढाथोकीले ६ र उषा पाचकोटिले ४ मत प्राप्त गरेका थिए । 

कप्तान तर्फ २ र उपकप्तान तर्फ १४ मत बदर भएको शिक्षक दीपक दासले जानकारी दिए । दासका अनुसार कक्षा ११ को कुल मत संख्या १७८ रहेको छ । 

मतदान सहायकको रुपमा शिक्षकहरू मनोज बस्नेत, बिनोद लामा, इन्दिरा खड्का, राम चन्द्र पोखरेल, अनमोल गिरि, प्रवेश खनाल थिए भने अनुगमनमा विजया भण्डारी र भुवन दङ्गाल रहेका थिए । 

त्यस्तै निर्वाचन आयोगको समितिका रुपमा सुधीर भट्टराई, यज्ञराज कडरिया र दीपक दासले कार्यसम्पादन गरेका थिए । निर्वाचन उत्साहजनक र शान्तिपूर्ण ढङ्गले सम्पन्न भएको बताइएको छ । निर्वाचित विद्यार्थीलाई प्रमाणपत्र र सपथ ग्रहण एकाडेमिक डाइरेक्टर बसन्त टन्डन क्षेत्री गराएका थिए ।

लोकतान्त्रिक विधि, उच्च प्रतिस्पर्धा, मतदान शिक्षा, मत परिणाम जस्ता बारेमा सैद्धान्तिक तथा व्यवहारिक ज्ञान दिन साथै भविष्यमा विद्यार्थीहरूमा नेतृत्व क्षमताको विकास गर्नका लागि निर्वाचन गर्नुपरेको शिक्षक यज्ञराज कडरियाले जानकारी दिए ।