काठमाडौं / सरकारले पाँच वर्षमुनिका बालबालिकालाई दिइने पोलियोविरुद्धको एफआईपीभी खोपको तालिका परिवर्तन गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार पोलियोविरुद्धको एफआईपीभी खोपको तालिका परिवर्तन गरिएको जानकारी दिएको हो । साथै मन्त्रालयले अब सोही तालिका अनुसार लगाउन अनुरोध गरेको छ ।

परिवर्तित तालिकाअनुसार एक वर्षमुनिका बालबालिकालाई यसअघि ६ र १४ हप्तामा गरी दुई मात्रा दिइँदै आएकामा अब १४ हप्ता र नौ महिनामा गरी दुई मात्रा दिइनेछ । यस्तै, एक वर्षसम्मका खोप लगाउन छुटेका बालबालिकालाई यसअघि पाँच वर्षभित्र आठ हप्ताको फरकमा दुई मात्रा दिइँदै आएकामा अब चार महिनाको फरकमा दुई मात्रा दिइने मन्त्रालयले जनाएको छ ।

OM Sai Pathibhara Hospital