एजेन्सी / निर्देशक एसएस राजामौलीले ब्लकबस्टर फिल्म ‘आरआरआर’को दोस्रो शृंखला निर्माणको घोषणा गरेका छन् । फिल्मका लागि पिता बी विजयन्द्रसँग मिलेर कथा लेखन थालेको उनले जनाएका छन् । नेपालमा समेत १० करोड रुपैयाँभन्दा बढी कमाइ गरेको ‘आरआरआर’ले हालै जापानी बक्स अफिसमा रेकर्ड राखेको थियो । साथै, जापानमा सर्वाधिक कमाउने तेस्रो भारतीय फिल्मको कीर्तिमान पनि यसले रचेको छ ।

बाहुबली’का समेत निर्देशक राजामौलीको ‘आरआरआर’ले दुई तेलगु स्वतन्त्रता सेनानीहरु अल्लुरी सीताराम राजु (रामचरण) र कोमाराम भीम (जुनियर एनटीआर)को जीवनमा आधारित काल्पनिक कथा प्रस्तुत गर्छ । फिल्मले विश्वभर ११ सय भारुभन्दा बढी कमाइ गरेको छ ।

OM Sai Pathibhara Hospital