एजेन्सी / इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा आर्सनलले उल्भ्सलाई २-० गोल अन्तर गोलले पराजित गर्दै जित निकालेको हो । आर्सनलका कप्तान मार्टिन ओडेगार्डले खेलको ५४ औं मिनेटमा गोल गर्दै आर्सनललाई सुरुआती अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको ७५ औं मिनेटमा ओडेगार्डले व्यक्तिगत दोस्रो गोल गर्दै आर्सनललाई २-० को जित दिलाएका हुन् । जितसँगै आर्सनलले १४ खेलमा ३७ अङ्क जोडेको छ । आर्सनलले शीर्ष स्थानको अग्रता थप फराकिलो बनाएको छ ।