काठमाडौँ / र्‍याप गायक हप्याक (मिलनजंग कुँवर)लाई झारफुक गर्ने भन्दै मुखमा अगुल्टो झोसेर यातना दिने झाँक्रीलाई प्रहरीले पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय, कावासोतीको टोलीले शुक्रबार दीपक सार्की भनिने ४२ वर्षीय झाँक्रीलाई नवलपरासीबाट पक्राउ गरेको हो । 

OM Sai Pathibhara Hospital

उनलाई आइतबार म्याद थपका लागि अदालतमा उपस्थित गराइने कावासेतीका प्रहरी नायब उपरीक्षक (डीएसपी) सन्तोष पाठकले जानकारी दिए । 

झाँक्रीले अगुल्टो झोस्दा मुख र ओठ जलेको भन्दै र्‍यापर हप्याकको परिवारले प्रहरीमा उजुरी दिएको थियो । हप्याकको अहिले स्थानीय अस्पतालमा उपचार भइरहेको छ । 

झाँक्रीले झारफुक गर्ने भन्दै हप्याकको मुखमा अगुल्टो झोसेको भिडियो सामाजिक सञ्जालमा आएको थियो ।