झापा / नेपाल स्टक एक्सचेन्ज (नेप्से) को पुरानो वेबसाइट बन्द भएको छ। 

नेप्सेले सूचना जारी गर्दै पुरानो वेबसाइट बन्द गरी हालसम्म परीक्षणका रुपमा सञ्चालन गरिँदै आएको नयाँ वेबसाइट आज (आइतबार) देखि पूर्ण रुपमा सञ्चालनमा ल्याउने जनाएको छ । 

OM Sai Pathibhara Hospital

अब उप्रान्त पुरानो वेबसाइटमा कुनै पनि तथ्यांक अद्यावधिक नहुने पनि नेप्सेले अवगत गराएको छ। यसअघि गत कात्तिक ६ गते पनि नेप्सेले एक सूचना प्रकाशित गर्दै नेप्सेको नयाँ वेबसाइट कात्तिक २७ गतेबाट पूर्ण रुपमा सञ्चालनमा आउने जानकारी गराएको थियो। योसँगै सूचीकृत कम्पनीहरूलाई नट्सको लगइन तथा युजर आईडी अनिवार्य रुपमा लिन पनि पनि नेप्सेले आह्वान गरेको थियो। 

यसअघि नट्सको लगइन तथा युजर आईडी नलिएका कम्पनीहरूलाई अनिवार्य रुपमा लिन पनि नेप्सेले आग्रह गरेको थियो। सूचीकृत कम्पनीहरुको सूचना तथा विवरणहरू नयाँ वेबसाइटबाट सार्वजनिक गर्नका लागि सम्पूर्ण सूचीकृत कम्पनीहरूलाई नेप्सेको नट्सको लगइन र युजर आईडी अनिवार्य रहेको नेप्सेले स्पष्ट पारेको छ। 

आजबाट सूचीकृत सम्पूर्ण कम्पनीहरूको सूचना तथा विवरण नयाँ वेबसाइटबाट मात्रै सार्वजनिक हुने नेप्सेले जनाएको छ। पुरानो वेबसाइटअन्तर्गत सम्पूर्ण लगइन तथा युजर आईडी खारेज हुने पनि नेप्सेको भनाइ छ। 

सूचीकृत कम्पनीहरुले सूचना तथा जानकारी तोकिएको समयसीमाभित्र सम्प्रेषण गर्न नसकेमा प्रचलित प्रावधानअनुसार भई जाने छ ।