काठमाडौं / पाकिस्तानले नेपालसँग कात्तिक ३० गते  मैत्रीपूर्ण खेल खेल्ने भएको छ । पाकिस्तानले शुक्रबार हसन बसिरको कप्तानीमा  खेल खेल्ने घोषणा गरेको हो । खेलका लागि पाकिस्तानी टोली भोलि (आइतबार) नेपाल आइपुग्ने एन्फाले जनाको छ ।

नेपाली टोली रोहित चन्दको कप्तानीमा घोषणा भइसकेको छ । फिफाको निलम्बन फुकुवा भएपछि पाकिस्तानले पहिलो पटक अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो । खेल दशरथ रङ्गशालामा हुनेछ ।