काठमाडौं / पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय क्रिकेट टोलीको कप्तान रोहितकुमार पौडेललाई बधाई दिएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले उपकप्तान पौडेललाई शुक्रबार कप्तानको जिम्मेवारी दिएपछि ओलीले बधाई दिएका हुन् । 

नेपाली क्रिकेट टिमको क्याप्टेन नियुक्त हुनु भएकोमा रोहित पौडेललाई हार्दिक बधाई ! ’ एमालेका अध्यक्ष ओलीले फेसबुकमार्फत भनेका छन्, ‘उहाँको नेतृत्वमा नेपाली क्रिकेटले अझ सफलता प्राप्त गरोस्, शुभकामना ! ’

OM Sai Pathibhara Hospital

रोहितलाई राष्ट्रिय टोलीका तत्कालीन कप्तान सन्दीप लामिछाने निलम्बनमा परेपछि जिम्मेवारी दिइएको हो । सन्दीपमाथि बलात्कारको आरोप लागेपछि क्यानले उनलाई निलम्बन गरेको थियो ।