काठमाडौं / साफ यू–१५ महिला च्याम्पियनसिप फुटबलमा आज नेपालले बङ्गलादेशसँग खेल्दै छ । नेपाली समय अनुसार खेल बङ्गलादेशकै ढाकामा दिउँसो सवा ४ बजे खेल्न लागेको हो । डबल राउन्ड रोबिन लिगका आधारमा खेलाइएको प्रतियोगिताको खेलमा आजको प्रतिस्पर्धा नै अन्तिम हो । आजको खेलमा जसले जित हासिल गर्न सक्छ ऊ नै साफको विजेता हुने छ । नेपाल बङ्गलादेशलाई पराजित गर्दै पहिलो पटक उपाधि चुम्न चाहन्छ ।

यही प्रतियोगितामा नेपालले यसअघि बङ्गलादेशलाई ० का बिरुद्ध १ गोलले पराजित गरेको थियो । खेल नतिजाका आधारमा नेपाललाई जितका लागि केही सहज भने रहेको छ । यद्यपि प्रदर्शनका आधारमा भने नेपाललाई जितका लागि सहज छैन । उपाधि जित्नका लागि नेपालले बङ्गलादेशसँग बराबरी खेले पुग्छ । तर नेपालले यसअघि भुटानसँगको दोस्रो खेलमा १–० को गोलान्तरले मात्रै पराजित गर्न सक्यो । जबकी पहिलो खेलमा नेपालले भुटानलाई ७–० ले पराजित गर्न सफल भएको थियो ।खेल प्रदर्शनका आधारमा नेपालभन्दा बंगलादेश बलियो रहेको छ । यद्यपि नेपाल ३ खेलमा अपराजित रहदै ९ अंक जोडेर शीर्ष स्थानमा रहेको छ। बंगलादेश ३ खेलमा ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ।